शनिबार , माघ १५, २०७८

पोखरामा सुन पछि अब फेरि भाडाँ पसलमा चोरीको अर्को अनौठो दृश्य(भिडियो हेर्नुस)

केही दिन अघि पोखराको जिरो किलोमीटर स्थित एक सुन पसलमा एक महिलाले सुनको सिक्री चो’री गरेर भागेको घटना सिसि क्यामेरा फु’टेजमा भेटिएको थियो । उक्त सुन पसलमा भएको चो’रीको घ’टना बाहिर आएकै भोलिपल्ट फेरि पोखराकै एक भाडाँ पसलमा चो’री भएको घ’ट’ना बाहिर आएको छ । उक्त भाडा पसलमा भएको सिसि क्यामेरामा उनिहरुले चोरी गरेको रेकर्ड भए पछि पसलेले थाहा पाएका हुन ।

श्रीमान श्रीमती दुबै मिलेर भाडा पसल संचालन गर्दै आएकोमा श्रीमान नभएको बेला श्रीमती पसमा रहेको बेला उनको पसलबाट थाल, आम्खोरा गरि लगभग ७०/७५ हजार बराबरको सामान चोरी भएको हो । ५/६ दिन अघि भएको छोरी श्रीमान आएर सिसि क्यामेरा हेरे पछि मात्र चोरी भएको ५/६ दिन पछि थाहा भएको ती पसलकी महिलाले बताईन । चोरिमा ३ जना महिला संलग्न भएको देखिन्छ । तीन जना मध्ये एक जनाले पसल संचालन गर्ने महिलालाई सामान देखाउन लगाए भने अन्य दुई जनाले चो’री गरे ।

उक्त दिन ३ जना महिला सगैँ आएर चिया छान्ने देखाउन लगाएको पसल संचालन गर्ने महिलाले बताईन । आफू ती महिलालाई चिया छान्ने देखाउन थाल्दा अरु अन्य समान हेर्दै गरेको आफुले देखेको उनको भनाई छ । त्यस पछि उनलाई अन्य चिया छान्ने देखाउन थाले पछि भने उनिहरुले थाल, आम्खोरा सबै झोलामा हालेको आफुले थाहा नपाएको उनले बताएकी छिन । त्यहाँ आएकी एक महिलाले एक पछि अर्को गर्दै समान देखाउन लगाएर आफुलाई भुलाएको उनले बताईन ।

आफुले सबै प्रकारको चिया छान्ने देखाउदै गए पछि अन्त्यमा चिया छान्ने मात्र नभै अन्य सामान पनि देखाउन लगाएर आफ्नो ध्यान त्यतै मात्र केन्द्रित गरेको उनको भनाई छ । अन्य सबै सामान देखाउन लगाएता पनि उनिहरुले चोरी गरि सके पछि भने एउटा सस्तो खालको चिया छान्ने मात्र किनेर उनिहरु त्यहाँबाट गएको उनको भनाई छ । सिसि क्यामेरा रेकर्डमा भने खाली लिएर आएको झोला भरिएको देखिन्छ । एक महिलाले झोला बोकेकी र अर्किले झोलामा पछाडिबाट सामान हालेको क्यामेरामा देखिएको छ ।

उनिहरु त्यहाँबाट हतार हतार निस्किएको क्यामेरा रेकर्डमा देखिएको छ । सबैले मास्क लगाएकोले अनुहार राम्रोसगँ देखिदैन । तर तिनिहरुलाई देखे आफू चिन्न उनको भनाई छ । अहिले उनिहरु त्यहाँबाट चढेर गएको ट्याक्सीको भने पत्ता लागेको उनले बताइन । अहिले पोखरामा दिनहु चो’री बढ्दै गए पछि आफुहरुले प्रहरिलाई पनि खबर गरिसकेको बताएका छन । उनिहरुले प्रयोग गरेको ट्याक्सीसगँ पनि प्रहरिले सोधपुछ गरिरहेको बताएको छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय