शनिबार , जेठ १४, २०७९

मन्त्री प्रेम आले र पाइलट बिजय लामा कुलमान घिसिङको तारिफ गर्दै, अब एकजुट हुने(भिडियो हेर्नुस)

पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल वायुसेवा निगम र नेपाल बिद्धुत प्राधिकरण बिच एक सम्झौता भएको छ । सम्झौतामा विद्युत प्राधिकरणका सम्पुर्ण कर्मचारी स्वदेश तथा बिदेश जादाँ आउदा नेपाल वायुसेवा निगम कै जहाज प्रयोग गर्ने सहमती भएको छ । साथै बिदेशबाट विद्युत प्राधिकरणका लागि आवाश्यक सामाग्री ल्याउदाँ या स्वदेशमै एक ठाउँबाट अर्को ठाउँमा ल्याउने लाने कार्य गर्दा हवाई यातायात प्रयोग गर्नु परे नेपाल वायुसेवा निगम कै जहाज प्रयोग गर्ने सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा पर्यटन मन्त्री प्रेम आले, नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख, पर्यटन मन्त्रालयका सचिव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, क्याप्टेन बिजय लामा लगायतको उपस्थित थियो । निरन्तर घाटमा चलिरहेको वायुसेवा निगमलाई सुधार गर्दै लैजान ससाना कुराहरु बाटै सुरु गर्नु पर्ने भन्दै यसरी नै अन्य संस्थाहरुसगँ पनि सम्झौता गर्दै जानू पर्ने मन्त्रालयका सचिवले बताए । त्यसै अनुरुप आफुहरुले अहिले विद्युत प्राधिकरणसगँ सम्झौता गरेको बताए ।

केही वर्ष अघि निकै घाटामा रहेको विद्युत प्राधिकरणलाई अहिले केही वर्ष भित्रमा नै निकै नाफामा लान सफल भएका कुलमान घिसिङबाट सबैले सिक्नु पर्ने उनले बताए । दैनिक १८ घण्टा भन्दा धेरै लोडसेडिङको चपेटामा परेको बेला कुलमानले एका एक आएर लोडसेडिङ मुक्त बनाइदिएर घाटामा रहेको संस्थालाई नाफामुखी बनाउन सफल भएकोमा उपस्थित सबैले कुलमानको कार्यशैलीबाट सबैले सिक्नु पर्ने भन्दै उनको निकै प्रशंसा गरेका थिए ।

त्यस्तै पछिल्लो समय स साना कुराहरुमा पनि जनतालाई दुख दिने गरेको भन्दै आफै विभिन्न ठाँउमा गएर गुनासो सुन्दै र आवश्यक कार्बाही गर्दै आएका पर्यटन मन्त्री प्रेम आलेले पनि कुलमाको निकै प्रशंसा गरे । उनले आफू संसद हुँदै गर्दा नै कुलमाको काम देखेर उनको कार्यशैलीको आफू त्यही बेला नै प्रशंसक भएको बताए । अहिले आफुले नेतृत्व गरेको संस्था नै यति धेरै घाटामस रहेको भन्दै त्यसलाइ कसरी नाफा मुखी बनाएर चुस्त सेवा दिने बनाउने भन्ने बारे आफु सिक्दै जाने उनले बताए ।

त्यस्तै क्याप्टेन बिजय लामाले पनि कुलमाको निकै प्रशंसा गरे । उनले पहिले रातको समयमा कुन ठाउँ हो भनेर चिन्न सकिने अवस्था थिएन । तर अहिले आफुहरु राती सबै ठाउँ छुट्याउन सक्ने भएको बताए । कुलमानले पनि घाटमा रहेको वायुसेवा निगमलाई कसरी माथि उठाउने र त्यसमा आफ्नो संस्थाबाट के सहयोग गर्न सकिन्छ भन्ने बारे आफुहरु पहिलेदेखी नै योजना बनाइ रहेको बताए । यसै क्रममा आफुहरुले आफ्ना सामान र कर्मचारी सम्पुर्ण नेपाल वायुसेवा निगम नै प्रयोग गर्ने सम्बन्धमा योजना बनाइरहेको बताए । यसै क्रममा अब यो सम्झौता पछि आफुहरु नेपाल वायुसेवा निगम नै प्रयोग गर्ने बताए । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय