शनिबार , माघ १५, २०७८

१५ बर्ष देखी श्रीमान संग छु,टेर बसे भने अहिले आएर बिहे किन गर्नु

१५ बर्ष देखी श्रीमान संग छु,टेर बसे भने अहिले आएर बिहे किन गर्नु हेर्नुस भिडियो सामाग्री  :-

हलिउड र बलिउडका सेलिब्रेटीहरु संसारकै महंगो मानिने गाडीमा हुँइकिने गरेका छन् । उनीहरु एउटा गाडी त्यति लामो समय प्रयोग पनि गर्दैनन् । बजारमा आउने विभिन्न कम्पनीका नयाँ-नयाँ मोडलका गाडीहरु उनीहरुले किन्ने गरेको पाइन्छ । नेपाली फिल्मका कलाकारहरु पनि गाडीका सौखिन छन् । ३५ लाखदेखि ८५ लाखसम्मको गाडीमा हुँइकिने कलाकारहरु यहाँ धेरै छन् ।

तर, नायक राजेश हमालले भने विगत १३ वर्षदेखि एउटै गाडी प्रयोग गर्दै आएका थिए । जीप गाडी मनपर्ने उनले १३ वर्ष अगाडि सन् २००० मा कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी खरिद गरेका थिए । फिल्मको छायांकन देखि नेपालका विभिन्न ठाउँमा हुने कार्यक्रममा उनी यही गाडी चढेर जाने गरेका थिए । कतिपयले उनलाई नयाँ गाडी खरिद गर्न लो भ गरेको समेत भन्ने गरेका थिए ।

अब भने उनले पुरानो गाडीलाई विदा गरेर घरमा नयाँ गाडी भित्राएका छन् । उनले जीप कम्पास गाडी खरिद गरेका हुन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्साल स्थित जीप शोरुम बाट जीप कम्पासको डेलिभरी लिए । ‘मैले युवा अवस्था देखि नै जीपको बारेमा निकै सुन्दै आएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमता बाट एकदमै प्रभावित छु,’ उनले भने ।

 

चार वर्ष पछि फिल्म ‘सत्यम्’ बाट अभिनयमा फर्किने तयारीमा रहेका उनले जीप कम्पास ८४ लाखमा खरिद गरेको जानकारी प्राप्त छ । केही समय अगाडि सुपरस्टार भुवन केसीले पनि जीप कम्पास खरिद गरेका थिए । पछिल्लो समय नेपाली कलाकारहरुको रोजाई बनेको यो गाडीको बजार मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको बताइएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय