शनिबार २४ मंसिर २०७९

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन्।

सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। आत्मघाती बम हमला गर्ने व्यक्तिले दूतावासको गेटमै बम विस्फोट गराएका थिए। आक्रमणमा अन्य केही मानिस घाइते भएका छन्।

सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला भएको यो पहिलो पटक हो।

रुसी दूतावासमा भएको सो आक्रमणको जिम्मा मुस्लिम आतंकवादी संगठन आईएसले लिएको छ। टेलिग्रामको माध्यमबाट अफगानिस्तानमा सक्रिय आईएस समूह आईएस–केले घटनाको जिम्मा लिएको हो। आईएसले भने आफ्नो आक्रमणमा २५ जना मारिएको दाबी गरेको छ।

आईएसले आत्मघाती बम हमला गर्ने व्यक्तिको नाम वकास अल–मुहाजिर भएको पनि बताएका छन्। मुजाहिरले राम्रो काम गरेको उनीहरुको भनाइ छ। गतवर्ष तालिबानले सत्ता कब्जा गरिरहँदा विश्वका प्राय सबै देशले अफगानिस्तानबाट दूतावास सारेका थिए। रुसको दूतावास भने द्वन्द्वको समयमा पनि काबुलमा खुला थियो।

सिरियामा रुसी सैन्य अभियानमा क्रममा रुसी सेनाले आईएस लडाकुहरु सयौंको संख्यामा मारेका थिए। सन् २०१५ मा सिरियाली सरकारलाई सहयोग गर्न रुसी सेना त्यहाँ पुगेका थिए। रुसले सिरियालाई हतियारहरु पनि बेच्ने गरेको थियो।

आफ्ना लडाकुहरु मारेकाले आईएस रुससँग क्रुद्ध भएको हुन सक्छन्। यस्तै तालिबानको पुनः उदयसँगै गतवर्षदेखि आईएसले अफगानिस्तानमा आतंक गतिविधि मच्चाउँदै आएका छन्।

आइएसले तालिबानलाई अमेरिकाको कठपुतली भएको बताउँछ र तालिबानले पूर्णतया इस्लाम मूल्य मान्यता नपछ्याएको आरोप लगाउँछ। बीबीसीको सहयोगमा


Last Updated on: September 7th, 2022 at 11:14 am
११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया