शनिबार , माघ १५, २०७८

गायक राजेश पायल राईलाई आ’क्र’म’ण गर्ने ब्याक्ती माफि माग्दै, अंकमाल गर्दै मिडियामा,(भिडियो हेर्नुस)

अङ्ग्रेजी नयाँ वर्ष २०२२ मा आयोजना भएको कार्यक्रममा भाग लिनका लागि अमेरिका पुगेका गायक राजेश पायल राई माथी कार्यक्रममा आफ्नो गित प्रस्तुत गर्दै गर्दा राजेश पायल माथि हा’त’पा’त भएको भिडियो बाहिरिएको थियो । उक्त भिडियो बाहिरिए पछि एकाएक सामाजिक संजालमा केही दिन निकै भाइरल भयो । विभिन्न गायक गायिका तथा कलाकारहरुले उक्त घटनाको बारेमा कडा बिरोध पनि गरे । राजेश पायललाई कस्ले र किन त्यसरी स्टेजमै आ’क्र’म’ण गर्यो भन्ने चासो सबैको थियो ।

डिसेम्बर ३१ तारिक भएको उक्त कार्यक्रममा राजेश स्टेजमा गित गाइरहेका थिए । त्यही बेला पछाडीबाट एक ब्याकति आउछन र अङ्गालो मारे जस्तो गर्दै निकै जोडसगँ राजेशको घा’टि’मा समाउँछन । राजेशले गित गाउन सक्दैनन । त्यसै बेला अन्य ब्याक्तिहरुले राजेशलाई ती ब्याक्तीबाट छुटाएको भिडियोमा देख्न सकिन्छ । केही बेर निकै होहल्ला पछि फेरि कार्यक्रम केही बेर चलेर सकिएको थियो । कार्यक्रम सकिए पनि उक्त घटनाको चर्चा भने बढ्दै गयो । आयोजनाले भने त्यसलाई सामान्य रुपमा लिएको बताएको थियो ।

त्यसरी आ’क्र’म’ण गर्ने ब्याक्ती को हुन भन्ने सबैको चासो थियो । यसैबिच अहिले राजेश पायललाई आक्रमण गर्ने ब्याक्ती राजेश पायल सगैँ बसेर माफी मागेको भिडियो बाहिर आएको छ । अहिले उक्त कार्यक्रम आयोजना गर्ने आयोजक टिम, राजेश पायल र ती ब्याक्तीहरु एकै साथ उपस्तिथि भएका थिए । त्यस क्रममा ती ब्याक्तिले आफू राजेश पायल राईको फ्यान रहेको र उनको कार्यक्रम हेर्न भनी आफू आएको बताए । त्यही क्रममा आफू राजेश पायललाई अङ्गलो हाल्न भनी गएको उनको भनाई छ ।

आफू त्यो बेला राजेश पायललाई अङ्गालो हाल्न गएको भएता पनि नयाँ वर्षको बेला रमाइलोको लागि मदिरा सेवन गरेको हुनाले आफुलाई समाल्न नसकेको कारण गल्ती हुन गएको उनले बताए । आफ्नो राजेश पायललाई आक्रमण गर्ने कुनै मनासाय नरहेको उनको भनाई छ । गल्तिले उक्त घटना हुन गएको भन्दै उनले गायक राजेश पायलाई खादा ओढाएर माफि पनि मागेका छन । उनले आफ्नो गल्ती स्वीकार गरि माफी मागे पछि राजेश पायलले पनि मानिसबाट गल्ती हुन सक्ने भन्दै गल्ती पछि त्यसलाई स्वीकार गरेर पश्चताप गर्नु नै ठूलो कुरा भएको बताए ।

उनले गल्ती स्वीकार गरि माफि मागेका कारण त्यसलाई अन्जानमा भएको गल्ती सम्झिएर आफुले माफी दिएको बताए । आफू कुनै कानुनी प्रक्रियामा नजाने राजेशको भनाई छ । साथै उनले आफ्ना समर्थकहरुलाई पनि गल्ती कहिले काहीँ हुने र गल्ती गर्नेले माफी मागी सकेको हुनाले गाली गलौज नगर्न पनि आग्रह गरेका छन । उक्त कार्यक्रमको आयोजक टिमले पनि कार्यक्रममा केही कमजोरि भएको भन्दै अब यस्तो कार्य नदोहोरिने बताएको छ । ती ब्याक्ती भने नेपाली नै रहेको र बिगत लामो समय देखि अमेरिका बस्दै आएको बुझिएको छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय