शनिबार २४ मंसिर २०७९

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जानाजान रात पारेर आफूमाथि बलात्कार गरेको पीडित किशोरीले प्रहरीसमक्ष वयान दिएकी छन् ।

हाल क्यारेवियन लिग खेल्न देश बाहिर रहेका कप्तान लामिछानेबिरुद्ध पीडित भनिएकी नाबालिग किशोरीले मंगलबार प्रहरी वृत गौशालामा उजुरी दिएकी छन् ।

आफ्ना केही साथीलाई साथमा लिएर प्रहरीसमक्ष पुगेकी किशोरीले दिउँसो भक्तपुरतिर आफ्नो कारमा लगि घुमाएर रात पारेर होटलामा लगेर बलात्कार गरेको पीडितका भनाइ छ ।

प्रहरी वृत गौशालाका अनुसार सन्दीप क्यारेवियन लिग खेल्न जानु अघिल्लाे दिन ती किशोरी बस्ने मध्यवानेश्वर नजिकै होस्टलमा आफ्नो गाडी लिएर सन्दीप पुगेका थिए । र, दिउँसो भक्तपुर घुमाउन लगे ।

उक्त समय किशोरीले आफ्नो होस्टेल रातिको ८ बजे बन्द हुने पनि भनेका थिए । तर सन्दीपले किशोरीलाई केही छिन् केही छिन् भन्दै रात पारेका थिए ।

त्यसपछि करिब ११ बजेतिर ती किशोरीलाई पिंगलास्थानको एक होटलमा लगेको पीडित किशोरीले प्रहरीलाई बताएको बताइएको छ । होटलमा पुग्दा पनि सन्दीपलाई दुई कोठा बुक गर्न आग्रह गरेपनि नमानेको बताएकी छन् ।

उक्त बेलुका सन्दीपले आफूलाई लट्याएर दुई पटक बलात्कार गरेको प्रहरीलाई सुनाएकी छन् । ती किशोरी सन्दीपको फ्यान भएको र सामाजिक संजालबाट कुराकानी हुने गरेको जनाइएको छ ।

प्रहरीले पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान थालेको र उनीहरु बसेको होटलमा सोधपुछ र सीसी टिभीसमेत संकलन गरेको जनाएको छ । पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीको भनाइ छ ।


Last Updated on: September 7th, 2022 at 10:35 am
५९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया