शनिबार , जेठ १४, २०७९

अन्ततः प्रहरी हवल्दार गोपाल जोगीले श्रीमती नाठोलाई नै जिम्मा लगाए,प्रहरी,स्थानीय,मिडिया र आफन्तको बीच भयो विवाद(भिडियो हेर्नुहोस्)

केही समय अघि देखि इटहरी उपमहानगरपालिका २ घर भएका पुर्व प्रहरी हवल्दार गोपाल जोगिकी श्रीमती गंगा जोगि दुबईमा काम गर्दै आएका  नेपालगन्ज घर भएका शुरेस चौधरीसँग फरार भएकी थिइन । पुस ५ गते लगभग बिहानको ९:३० बजे तिर घरबाट गंगा हिडेकी थिइन । शुरेससँग फ’रार भएकी गंगाले नेपालगन्ज पुगेर श्रीमानलाई फोन गरि अब आफू फर्केर नआउने भन्दै आफुलाई नखोज्न भनेकि थिइन । त्यसपछी उनका श्रीमान मिडियामा आएका थिए ।

मिडियामा उनिहरुको निकै खोजी भए पछि उनिहरु दुबैजना एकसाथ सम्पर्कमा आएका छन । मिडियामा आए पछि गंगाले आफू गोपालसगँ हुदा कुनै माया नपाएकोले माया कस्तो हुन्छ भनेर सुरेशलाई भेटे पछि मात्र थाहा पाएको बताईन । पब्जी खेल्दा भेट भए पछि आफुले सुरेशलाई आफ्नो बारेमा भन्ने गरेको र त्यसमा सुरेशले आफुलाई साथ दिएको गंगाले बताएकि थिइन । उनिहरु नछुट्टिने भए पछि १२ वर्षीय छोरा सहित आएका श्रीमान गोपालले नाठोसगं नै श्रीमती जिम्मा लगाइदिने बताए ।

सम्पर्कमा आए पछि स्थानियाहरु, प्रहरी र मिडियाको रोहबरमा गोपालको घरमा नै सहमती पत्र गराएर जिम्मा लगाउने तयारी गरिएको थियो । उनिहरु त्यहा आउदा केही हातपात पनि भएको थियो । गोपाल कै घरमा भएको छलफलमा गंगा र सुरेश नछुट्टिने बताएकस थिए । यदि गंगा आफुसगैँ बसे आफू स्वीकार गर्ने गोपालले बताएका थिए । तर गंगा नमाने पछि उनिहरुलाई जिम्मा लगाउने तयारी त्यही गरिएको थियो । तर त्यहा गरिएको सहमति पत्रमा गंगाले सहमती नजनाए पछि कुरा मिल्न सकेन ।

गंगाले सहमती नजनाए पछि स्थानियहरुले बिरोध गरेका छन । गोपालले आफ्नै घरमा राखेर राम्रोसगँ सल्ला गरि आफुले पाउने कुराको हकदाबी गर्दा गंगा नमानेको भन्दै स्थानियहरुले प्रहरी मै जाने बताएका हुन । गंगा आफै नाठोसगँ पनि गएको र गोपालको धन सम्पत्ति पनि लिएर जान खोजेको भन्दै उनिहरुले आफुहरु त्यसो हुन नदिने बताएका हुन । गोपाल त्यसै पनि पीडित भएको हुनाले अब अर्कैसगँ आफै गै सकेकी गंगालाई गोपालले दुख गरि कमाएको सम्पत्ति लिएर जान नदिने बताएका हुन ।

गंगाको असहमती आर्थिक कारोबार सम्बन्धि रहेको थियो । गोपालले सासू ससुरालाई दिएको घर फिर्ता मागेको तर गंगा फिर्ता दिन नमानेकोले सहमती हुन नसकेको स्थानियको भनाई छ । साथै गंगाले लगाएका गरगहना पनि गोपाललाई फिर्ता गर्नु पर्ने गोपालको माग थियो । तर गंगाले भने आफुले दुख गरेर आफै जोडेको केहि पनि दिन नसक्ने बताएकी हुन । उनिहरुबिच बिबाद बढे पछि त्यहा सहमती हुन नसकेको स्थानियको भनाई छ । अब प्रहरी कार्यलयमै जाने उनिहरुले बताए । (भिडियो हेर्नुस)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय